विश्वासको मतका पक्षमा काँग्रेस, लोसपा र राप्रपा, विपक्षमा जनमतसहित कम्युनिस्ट सबै
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा पाचौँपटक प्रस्तुत गरेका विश्वासको मत प्रस्तावमा नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्षमा मतदान गर्ने भएका छन् ।
विश्वासको मतका विपक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) मतदान गर्ने भएका छन् ।
विश्वासको मत प्रस्तावमा छलफलक्रममा ती पार्टीका नेताहरूले पक्ष वा विपक्षमा मतदान गर्ने ती धारणा व्यक्त गरेका हुन् ।