मधेश प्रदेशमा नयाँ सरकार बन्ने, मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार साँझ मधेशसभामा प्रस्तुत गरेका विश्वासको मत विफल भएको छ । यससँगै विश्वासको मत विफल भएपछि जसपा नेपालको संसदीय दलका नेता एवम् मुख्यमन्त्री सरोजकुमार यादवको सरकारको बिदाइ भएको छ भने प्रदेशमा नयाँ सरकार बन्ने भएको छ ।
एक सय सात सदस्यीय प्रदेशसभाका जना सदस्यले मुख्यमन्त्रीले राखेको विश्वासको मत प्रस्तावका विपक्षमा मत ५३ जना सदस्यले मतदान गरेका छन् । प्रस्तावका पक्षमा प्रदेशसभा ५० जना सदस्यले मतदान गरेका छन् । विश्वासको मत हासिल गर्न ५४ सदस्यको मत आवश्यक पर्छ ।
मतदानमा १०३ जना प्रदेशसभा सदस्य सहभागी भएका छन् ।
प्रस्तावका विपक्षमा मतदान गर्नेमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) छन् ।
प्रस्तावका पक्षमा नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा नेपाल र राप्रपा ले मतदान गरेका छन् ।