मधेश प्रदेश : मुख्यमन्त्रीका लागि सतिसकुमार सिँह सारिए
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
जनमत पार्टीका प्रदेशसभा सदस्य सतिसकुमार सिँहको नेतृत्वमा सङ्घीय सत्ता गठबन्धनले मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्ने भएको छ ।
नयाँ सरकार गठनका लागि मधेश प्रदेशमा बनेको सङ्घीय सत्ता गठबन्धनअनुरूपका राजनीतिक दलहरूले जनमत पार्टीको निर्णयका आधारमा सिँहलाई मुख्यमन्त्रीका लागि सार्ने भएको जनमत पार्टीनिकट सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मुख्यमन्त्रीका लागि पार्टीका तर्फबाट अध्यक्ष सिके राउतले सिँहलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएका छन् ।
सिँह सप्तरी २ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।