मन्त्रालय बाँडफाँटको टुङ्गो लाग्दै, सतिश सरकारका लागि आज दाबी पेस गरिने

२०८१ जेष्ठ २४, बिहीबार १५:३८

टोलपडोस समाचारदाता

जनकपुरधाम, २४ जेठ ।

मधेश प्रदेशमा बन्ने नयाँ सरकारले मन्त्रालयको सँख्या नबढाउने भएको छ । नयाँ सरकारका लागि बनेको राजनीतिक दलको गठबन्धन बैठकले बिहीबार प्रदेशमा मन्त्रालयको सँख्या एघार नै कायम राख्ने सहमतिअनुसार मन्त्रालयको बाँडफाँड गर्ने विषयमा छलफल गरिरहेको छ ।

गठबन्धनका घटक नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार एघार मन्त्रालयम्ध्ये गठबन्धनका दलहरूले कति र कुन लिने भन्ने विषयमा एक चरण छलफल भएको र केही बेरपछि त्यस विषयमा थप छलफल भई टुंगो लगाइने जानकारी दिए ।

उनले मन्त्रालय बाँडफाँडमा सहमतिपछि ५५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित जनमत पार्टीका सतिशकुमार सिँहलाई मुख्यमन्त्री नियुक्ति प्रयोजनले प्रदेश प्रमुखसमक्ष सकभर आजै दाबी पेस गरिने बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH