काँग्रेस नेता कोइराला जनकपुरधाममा
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३२ जेठ ।
नेपाली काँग्रेसका नेता शेखर कोइराला विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार जनकपुरधाम आएका छन् । दुई दिनसम्म हुने ती कार्यक्रमका लागि जनकपुरधाम आएका कोइरालाको जनकपुर विमानस्थलमा पार्टीका स्थानीय नेता र कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।
विमानस्थल पुगेका काँग्रेस कार्यकर्ताहरूले कोइरालालाई पार्टीका भावी सभापति भएको भन्दै नाराबाजी समेत गरेका छन् ।
नेता कोइराला नेपाली काँग्रेस धनुषाको जनकपुरधामस्थित कार्यालयमा आज दिउँसो २ बजे पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साढे तीन बजे उनले पार्टीको जनकपुरधामस्थित प्रदेश कार्यालयमा मधेश प्रदेशसभा सदस्यहरूसँग छलफल गर्नेछन् ।
नेता कोइरालाको सचिवालयका अनुसार भोलि शनिबार उनले डिएलए केन्द्रीय कार्यसमितिको आयोजनामा जनकपुरधामको मसला कटेजमा बिहान ९ बजे हुने संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागी हुनेछन् भने दिउँसो साढे दुई बजे नेपाली काँग्रेस धनुषाको प्रशिक्षण विभागद्वारा आयोजित महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
नेता कोइरालाको जनकपुरको बसाइक्रममा केही कार्यक्रम थपिन सक्ने बताइएको छ ।