छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
२०८१ असार ३, सोमबार १२:४३

काठमाडौँ, ३ असार(रासस)
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ ।