पेट्रोल पम्पमा लामबद्ध सवारी चालक
काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा सवारी चालकको लामो लाइन । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस