जनमत पार्टी

मधेसमा सहयोग गरे नयाँ गठबन्धनमा सहभागी हुन्छौँ: प्रवक्ता डा.यादव

२०८१ असार १९, बुधबार १९:३४

मनोज कुमार मोरबैता
जनकपुरधाम ,१९ असार। जनमत पार्टीका केन्द्रिय प्रवक्ता डा.शरद सिंह यादवले मधेस प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा आफू सहभागी हुने बताएको छ ।

प्रवक्ता डा.यादवले जनमत पार्टीको प्राथमिकता मधेस सरकार भएकाले सोहीअनुरूप केन्द्रमा सहमति हुने बताए ।

“हाम्रो प्राथमिकता मधेस प्रदेश हो । हामीलाई मधेस सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौं ”

लामो समयसम्म जसपासहितका पुराना दलले मधेसलाई बन्धक बनाएको बताउँदै उनले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने प्रवक्ता डा.यादवले बताए ।

“हामी स्थायीत्वको पक्षधर हौँ । हामीलाई सिंगो देशको विकास गर्नुछ । अहिले मधेसमा हाम्रो नेतृत्वमा सरकार छ,” उनले भने ।

मधेसमा जनमत पार्टीबाट सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनले असार २१ गते विश्वासको मत लिने तय भएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH