मधेश प्रदेश

जनार्दनसिँह क्षत्री नेतृत्वमा काँग्रेस सरकारमा सहभागी हुँदै !

२०८१ असार २२, शनिबार २१:४५

अझै टुंगाे लागेकाे छैन मन्त्रीका नाम : सभापति यादव

जनकपुरधाम, २२ असार । विनाविभागीय मन्त्रीका रूपमा नेपाली काँग्रेसका चार प्रदेशसभा सदस्य मधेश प्रदेश सरकारमा सहभागी हुने भएका छन् ।

जनार्दनसिँह क्षेत्रीकाे नेतृत्वमा काँग्रेस जनमत पार्टी नेतृत्वकाे प्रदेश सरकारमा सहभागी हुन लागेकाे काँग्रेस उच्च स्रोतले जनाएकाे छ ।

प्रदेश सरकारबाट सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका छ मन्त्रीकाे बहिर्गमनपछि काँग्रेस सरकारमा जान लागेकाे हाे ।

काँग्रेसले पर्साकाे ३(२) बाट निर्वाचित क्षत्रीकाे नेतृत्वमा धनुषाकाे ४(१) बाट निर्वाचित शेषनारायण यादव, सर्लाहीकाे २(२) बाट निर्वाचित काैशलकिशाेर राय र राैतहटकाे ३(२) बाट निर्वाचित सुनिलकुमार यादव मन्त्रीमा पठाउने निर्णय गरेकाे स्रोतकाे भनाइ छ ।

स्रोतका दाबीअनुसारका प्रदेशसभा सदस्य मन्त्री बन्ने भए उनीहरूले आइतबार शपथ लिनेछन् ।

काँग्रेसकाे मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सरकारमा पार्टीबाट सरकारमा सहभागी हुनेकाे नाउँ टुंगाे लागिनसकेकाे बताए । उनले भने,”अरूहरूका नाउँमाथि पनि विचार हुँदैछ । निर्णय भने भइसकेकाे छैन ।”

काँग्रेसले आज शनिबार मात्र प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहलाई विश्वासकाे मत दिएकाे थियाे । मुख्यमन्त्री भएयता सिँहले संवैधानिक प्रावधानअनुसार तीस दिनभित्र लिनुपर्ने विश्वासकाे मत शनिबार लिएका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH