जनमत पार्टी

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने : प्रवक्ता यादव

२०८१ असार २७, बिहीबार १८:२१

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने जनमत पार्टीले निर्णय गरेको प्रवक्ता डा शरदसिंह यादवले बताए ।

प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको हो। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद रहेको छ ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ ।

‘प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ’, प्रवक्ता यादवले भने ।

उनले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH