भारतीय राजदूतले भेटे मन्त्री राणा

२०८१ श्रावण १, मंगलवार २०:५१


काठमाडौँ, १ साउन (रासस) ।
परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री डा. राणाले सोमबार पद तथा गोपनीयताको सपथसँगै पदबहाली गरेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH