‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’

जनकपुर, ३ साउन (रासस) ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्ना तर्फबाट सहयोग गर्न नेताकार्यकर्तालाई आग्रह गरे ।
मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”
विमानस्थलमा नेता निधि आएको विमानबाटै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत जनकपुरधाम आएका छन् ।