काँग्रेससँगै लोसपा नेपाल पनि मधेश प्रदेश सरकारमा सहभागी हुँदै

लोसपाकी रानी शर्मा शिक्षा तथा सँस्कृति मन्त्री बन्ने, एमालेका लेखी गृहमा फर्कने

२०८१ श्रावण ३, बिहीबार १९:०६


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ साउन ९ ।
काँग्रेससँगै मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० नेपाल पनि सहभागी हुँदैछ । पनर्टीका तर्फबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा सँस्कृति मन्त्रीका रूपमा आजै शपथग्रहण गर्ने भएकी छिन् ।

काँग्रेसका चार र लोसपाका एक मन्त्रीको शपथग्रहणको तयारी पुरा भइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

लोसपा नेपालले दुई मन्त्रालयको माग गरिरहेको थियो । तर, मुख्यमन्त्री सतिशकुमार सिँहले तत्काल एउटा मन्त्रालय लिएर पछि थप कुराकानी गर्ने भन्दै लोसपा नेपाललाई सरकारमा सहभागी गराउन लोसपाका प्रमुख सचेतक तिवारीलाई शिक्षा तथा सँस्कृति मन्त्रीमा नियुक्त गरेका छन् ।

‘हामीले दुईवटा मन्त्रालय माग गरेका छौँ । तर, मलाई मात्र शिक्षा तथा सँस्कृति मन्त्री नियुक्त गरिएको जानकारी मुख्यमन्त्रीले दिनुभएको छ । थप मन्त्रालय र मन्त्रीका लागि शपथपछि पनि कुरा गर्नेछु,’ प्रमुख सचेतक तिवारीले भनिन् ।

शिक्षा तथा सँस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइने मुख्यमन्त्री सिँहले टोलपडोसलाई बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH