मधेश प्रदेश

काँग्रेस चार र लोसपाका एक मन्त्रीले लिए शपथ

२०८१ श्रावण ३, बिहीबार २०:३६

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ साउन ।

मधेश प्रदेशका पाँच नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको बिहीबार साँझ शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालय परिसरमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ दिलाएकी छिन् ।

मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार साँझ नेपाली काँग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका एक प्रदेशसभा सदस्यलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

नेपाली काँग्रेसका जनार्दनसिँह क्षेत्रीलाई गृह, सञ्चार तथा कानुन, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र कौशालकिशोर रायलाई श्रम तथा यातायात एवम् लोसपा नेपालकी रानी शर्मालाई शिक्षा तथा सँस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथग्रहण समारोहमा प्रदेशका मन्त्री, उच्चपदस्थ अधिकारीहरूका साथै नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, सोही पार्टीका मधेश सभापति एवम् मधेश प्रदेशसभामा संसदीय दलका नेता कृष्णप्रसाद यादव, प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री रामसरोज यादवलगायत राजनीतिक दलका सयौँ नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH