मधेश प्रदेश

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री क्षत्रीले सम्हाले कार्यभार

२०८१ श्रावण ३, बिहीबार २०:५३


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ साउन ।
मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था तथा कृषि मन्त्री जनार्दन सिँह क्षेत्रीले कृषि क्षेत्रको रूपान्तरणबाट संघीय तथा स्थानीय सरकारसँग समन्वय गर्दै स्वदेशी तथा वैदेशिक दात्री निकायहरूलाई समेत सहायताका लागि पहल गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

बिहीबार साँझ पद तथा गोपनीयताको शपथग्रहणपछि जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यभार सम्हालेपछि मन्त्री क्षत्रीले सो निर्णय गरेका हुन् ।

प्रचुर सम्भावना रहे पनि सीमित साधनस्रोतका कारण प्रदेशले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको हुँदा पहिलो निर्णयका रूपमा समन्वय तथा सहायतासम्बन्धी पहिलो निर्णय आफूले गरेको मन्त्री क्षत्रीले बताए ।

व्यावसायीकीकरण, यान्त्रिकीकरण, विविधिकरण, आधुनिकीकरण र औद्योगिकीकरणमार्फत कृषिक्षेत्रको विकास तथा विस्तार गर्दै प्रतिस्पर्धी, नाफामूलक एवम् आत्मनिर्भर बनाउने उद्देश्यले सो निर्णय कार्यान्वयनबाट हुने अपेक्षा गरिएको छ ।

मधेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषिक्षेत्रको ३५ दशमलव १९ प्रतिशत योगदान रहेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH