बहुमुखी प्रतिभाका धनी अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान दिइने

२०८१ श्रावण ४, शुक्रबार १४:४५
साहित्यकार अशोक दत्त एवम् उहाँकी धर्मपत्नी । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता

जनकपुरधाम, ४ साउन ।

सञ्चारकर्मी, कविगीतकार, सङ्गीतकार, खेलाडी तथा सँस्कृतिकर्मी अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान २०२४ प्रदान गरिने भएको छ ।

वरिष्ठ पत्रकार सीताराम अग्रहरिले आफ्ना पिताजी स्वर्गीय लखनराम अग्रहरिको स्मृतिमा स्थापना गरेका सो सम्मान जनकपुरधामका बहुमुखी प्रतिभाका धनी सङ्घर्षशील दत्तलाई दिने निर्णय गरिएको कर्मयोगी लखनराम सेवा सम्मान समितिका अध्यक्ष अग्रहरीले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष अग्रहरीले मैथिली साहित्यकार गीतकार, पत्रकार, लेखक, फिल्म, एल्बम सर्जक एवम् क्रिकेटका पूर्व राष्ट्रीय खेलाडी अशोक दत्तलाई सो सम्मान दिने निर्णय भएको उल्लेख गरेका छन् ।

उनले सङ्घर्ष र जीजिविषाका पर्याय, लेखनलाई नै जीवन वृत्ति बनाउँदै समाजको उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गरेका दत्तलाई सम्मानित गर्ने निर्णय गर्दा आफूहरूलाई अत्यन्त खुसी लागेको समेत सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH