लोसपा नेपालका केन्द्रीय उपाध्यक्षमा डा. आभास लाभ मनोनीत
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ साउन ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभ पार्टीका केन्द्रीय उपाध्यक्षमा समेत मनोनीत भएका छन् । अध्यक्ष महन्थ ठाकुरले शुक्रबार पार्टीको संशोधित विधानअनुसार डा.लाभलाई उपाध्यक्षमा मनोनीत गरेका हुन् ।
डा.लाभ धनुषावासी हुन् । उनीसँगै थप ९ जा विभिन्न पदमा मनोनीत गरिएका छन् ।
जसअनुसार केन्द्रीय सह महासचिवमा राजेन्द्रकुमार साह(सिरहा), केन्द्रीय सचिवमा सुदीपकुमार झा(महोत्तरी) तथा केन्द्रीय सदस्यहरूमा लक्ष्मीकान्त तिवारी(पर्सा), गीता श्रेष्ठ(काठमाडौँ), इन्जिनियर रामचन्द्र प्रसाद गुप्ता(रौतहट), हृदयनारायण दास तत्मा(रौतहट), विजयकुमार राय दनुवार(सिरहा), गणेश लोहार(बैतडी) र गजेन्द्रा लोहार(बैतडी) छन् ।