मधेश प्रदेशमा पूर्ण साक्षरताका लागि शिक्षा नीति बनाउने मन्त्री शर्माको निर्णय

२०८१ श्रावण ५, शनिबार १८:२६
रानी शर्मा, मन्त्री, शिक्षा तथा सँस्कृति, मधेश प्रदेश

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ साउन ।
मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माले समग्र मधेशलाई साक्षर प्रदेश प्रदेश बनाउन शिक्षा नीति बनाएर अघि बढ्ने निर्णय गरेकी छिन् ।

शुक्रबार अपराह्न मन्त्रीका रूपमा कार्यभार ग्रहण गर्दै उनले प्रदेशको शिक्षा नीति बनाउने निर्णय गरेकी हुन् । यसअघि सो मन्त्रालयमा मन्त्री रहेका राजकुमार लेखीले मधेश प्रदेशलाई शिक्षित बनाउने भन्दै शिक्षा नीति बनाउनुपर्ने निर्णय गरेका थिए ।

मधेशमा साक्षरतादर नै अत्यन्त न्यून छ । त्यसैले शिक्षित बनाउनुसँगै साक्षरता बढाउँदै प्रदेशलाई पूर्ण साक्षर बनाउन नीतिगत सम्बोधन होस् भन्ने उद्देश्यले साक्षरता भन्ने विषयलाई प्राथमिक्ता दिएर शिक्षा नीति बनाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

मधेश प्रदेशमा औपचारिक रूपमा विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय भर्ना नहुने अर्थात् विद्यालय बाहिर रहेको, भर्ना भए पनि लेखपढ रिन्तर नरहने, सीमान्तकृत समुदायका बालबालिका जीविकोपार्जनसँग जोडिएका समस्याका कारण विद्यालय नपुग्ने आदि समस्या छन् ।

यसका अतिरिक्त प्रदेशकेन्द्रित शिक्षासँग जोडिएका समस्या विश्लेषण र समाधानका उपायका बारेमा आधिकारिक अध्ययन नभएकाले पनि शिक्षा नीति बनाउन सकिएको छैन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH