काँग्रेसका प्रमुख सचेतकमा सांसद श्यामकुमार घिमिरे मनोनीत
टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ साउन ।
नेपाली काँग्रेस संसदीय दलका मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरे मनोनीत भएका छन् । संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसद घिमिरेलाई दलका प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
संसदीय दलका नेता देउवाले पार्टीको संसदीय दलको विधान(संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा १ अनुसार घिमिरेलाई प्रमुख सचेचक पदमा मनोनीत गरेको नेपाली काँग्रेस संघीय संसद् संसदीय दलको कार्यालयले जनाएको छ ।
घिमिरे सिन्धुली जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
यसअघि प्रमुख सचेतक रहेका रमेश लेखक गत असार ३१ गते गृहमन्त्री नियुक्त भएपछि सो पद रिक्त भएको थियो ।