कर्मचारीलाई मन्त्री रानी शर्माको निर्देशन

‘भोलिको काम आज र आजको काम अहिले गर्नुस्’

२०८१ श्रावण ६, आईतवार १८:४०


टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ साउन ।
मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माले मन्त्रालय र सेवाग्राहीका काममा ढिलासुस्ती नगर्न मन्त्रालय र मातहतका अधिकारी एवम् अन्य कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

मन्त्रालयमा आइतबार आयोजित कर्मचारीहरूसँगको संवादमा मन्त्री शर्माले जनताका लागि गरिने काममा अर्घेल्याइँ र हेलचेक्रयाइँ गर्दा प्रदेश सरकारकै बारेमा राम्रो सन्देश नजाने हुँदा तिनका कामका लागि तत्परता र सक्रियता देखाउन निर्देशन दिइन् ।

उनले भनिन्, ‘भोलि गर्ने काम आज र आज गर्ने काम अहिले गर्ने भन्ने शैलीमा प्रस्तुत हुनुस् ।’

मन्त्री शर्माले सुस्त गतिमा काम हुँदा मन्त्रालयका कामकाजमा प्रभावकारिता नआएको र तिनको परिणाम जनहितकारी बन्न नसकेको हुँदा द्रुत गतिमा काम हुनुपर्ने उल्लेख गरिन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH