सचिवालय बैठकका लागि जनकपुर पुगेका जनमत पार्टी अध्यक्ष डा.राउतको भव्य स्वागत
टोलपडोस समाचारदाता
काठमाडौँ, ११ साउन ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि शुक्रबार जनकपुरधाम पुगेका छन् । अध्यक्ष राउतलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलगायत पार्टीका नेताकार्यर्ताहरूले भव्य स्वागत गरेका छन् ।
पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु हुँदैछ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय आदिका विषयमा छलफल हुने बताइएको छ ।
जनमतको केन्द्रीय सचिवालय १७ सदस्यीय छ । पार्टी प्रवक्ता डा.शरद यादवका अनुसार सचिवालय बैठक सकिएको भोलिपल्ट मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्यसहितको बृहत् बैठक बस्नेछ ।