बागमती प्रदेशका बिनाविभागीय मन्त्री श्रेष्ठ निधि निवासमा
टोलपडोस समाचारदाता
जनकपुरधाम, १७ साउन ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले बागमती प्रदेशका बिनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारीका लागि बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।
काठमाडौँको मध्यबानेश्वरस्थित निधि निवास पुगेका मन्त्री श्रेष्ठलाई नेता निधि एवम् उनकी धर्मपत्नी काँग्रेस महासमिति सदस्य अनामिका निधिले दोसल्ला ओढाएर सम्मानसमेत गरेका छन् ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले आफ्नो राजनीतिकयात्रामा नेता निधि प्रेरणाको स्रोत रहेको बताए ।