शास्त्रीय सङ्गीत साधक कामतको निधनमा शोक

मधेश प्रदेशमा आधा झुकाइयो राष्ट्रिय झन्डा

२०८१ श्रावण २०, आईतवार १२:५९


टोलपडोस समाचारदाता
जनकपुरधाम, २० साउन ।
शास्त्रीय सङ्गीत साधक सिरहा निवासी गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाएको छ ।

स्व. कामतको निधनमा शोक तथा उनको मुर्धन्य व्यक्तित्वप्रति सम्मान व्यक्त गर्न आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गत शुक्रबार मधेश प्रदेश सरकारले गरेको थियो । त्यसअनुसार प्रदेशका सार्वजनिक तथा सरकारी निकायहरूमा आइतबार आधा झन्डा झुकाइएको हो ।

मिर्गौलासम्बन्धी समस्याले पीडित गायक कामतको बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित पुर्ख्यौली घरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH