स्व.गुरुदेव कामत पारिश्रमिक प्रकरण

मन्त्री शर्माले मागिन् प्रतिष्ठानसँग उत्तरसहित कागजात

२०८१ श्रावण २०, आईतवार १८:४२

टोलपडोस समाचारदाता
जनकपुरधाम, २० साउन ।
मधेश प्रज्ञाप्रतिष्ठान जनकपुरका अध्यक्ष रामभरोस कापडिले सङ्गीत साधक गुरुदेव कामतलाई काम गराई ज्यालाबापतको एक लाख रुपैयाँ नदिएको विषयमा छानबिन गर्न त्यस विषयसँग सम्बन्धित कागजात मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयले पठाइदिन प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

विभिन्न सञ्चारमाध्यममा समेत त्यससम्बन्धी समाचार छापिएका र प्रतिष्ठानको क्यालेन्डरमा स्व.कामतले गरेको प्रस्तुतिको फोटोसँगै भिडियोसमेत देखिएकाले त्यसबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यस विषयमा के भएको र समाधानका लागि केके गरिएको भन्ने विषयमा जानकारी गराउन प्रतिष्ठानलाई पत्र पठाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट लेखिएको पत्रमा दुई दिनभित्र स्व.कामतको पारिश्रमिकका विषयमा मन्त्रालयले सोधेका प्रश्नका उत्तरसहित दुई दिनभित्र कागजात पठाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH