मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री, केही बेरमा शपथग्रहण
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेशमा पाँच राज्यमन्त्री थपिएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा मोहम्मद जैद आलम, शिक्षा तथा सँस्कृति मन्त्रालयमा रामबाबु यादव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा शम्भूकुमार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा नीलमकुमारी रजक राज्यमन्त्री नियुक्त गरिएका छन् ।
राज्यमन्त्री नियुक्त गरिएकाहरूको शपथग्रहण केही बेरपछि प्रदेश प्रमुखको कार्यालयमा हुने बताइएको छ ।