मधेश प्रदेश

नवनियुक्त लोकसेवा आयोगका अध्यक्ष यादवले लिए शपथ

२०८१ श्रावण २२, मंगलवार १८:०४

 

टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई शपथ दिलाएकी छिन् ।

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरियाका यादव गत साउन १० गते प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्त भएका थिए । प्रदेश प्रमुख भण्डारीले उनलाई गत साउन ११ गते नियुक्तिपत्र दिएकी थिइन् ।

अध्यक्ष नियुक्त हुँदासम्म यादव नेपाल सरकारको मेकानिकलतर्फका उपसचिवका रूपमा कार्यरत थिए । पछिल्लोपटक उनी सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन मिनभवन काठमाडौंमा सिनियर डिभिजनल इन्जियिर थिए ।

५७ वर्षीय यादव विकास तथा व्यवस्थापनका क्षेत्रमा अनुभवी मानिन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH