मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले लिए शपथ
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा मुख्यमन्त्री सतिशकुमार सिंहले ती पाँच राज्यमन्त्रीलाई शपथ दिलाएका हुन् ।
मुख्यमन्त्री सिंहले आजै नेपाली काँग्रेसबाट दुई र नेकपा एमाले, जनमत पार्टी तथा लोसपाबाट एक–एक राज्यमन्त्री नियुक्त गरेका थिए ।
एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री छन् ।
काँगेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।