मधेश प्रदेशसभा

समितिबाट खेलकुद विधेयक पारित

२०८१ भाद्र १०, सोमबार १५:०६


टोलपडोस समाचारदाता
जनकपुरधाम, १० भदौ ।
मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकाएर प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

समितिका सभापति रूपा यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्ति विकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बिमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगिता लगायतका विषय समाविष्ट भएको सो विधेयक प्रदेशसभामा पठाइने भएको हो ।

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानुनी व्यवस्था प्रस्ताव गरिएको बताए ।
सोमबार बिदाका दिन भए पनि विधेयकको महत्तवलाई दृष्टिगत गरी छलफल गरिएको समितिकी सभापति यादवले बताइन् ।

बैठकमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवी उपस्थित रहेका थिए ।
विधेयक गत वर्ष समितिमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH